🗓️ आम निर्वाचनका लागि मुख्य मितिहरू

  • अक्टोबर 23 मा मतदान गर्नका लागि दर्ता गर्नुहोस्।

  • अक्टोबर 31 मा पत्राचार मतपत्रको अनुरोध गर्नुहोस्। अक्टोबर 20 सम्म अनुरोध गर्न सिफारिस गरिन्छ।

  • बेलुकी 8 बजेसम्म पत्राचार मतपत्र फिर्ता गर्नुहोस्। नोभेम्बर 7 । नोभेम्बर 1 सम्म फिर्ता गर्न सिफारिस गरिन्छ

पेन्सिलभानियाका मतदाताहरूका लागि जानकारी।

🗳️ मङ्गलवार, नोभेम्बर 7 मा निर्वाचन हुँदै छ।

पहिला कहिल्यै पनि नाम दर्ता गर्नुभएको छैन? तपाईं पछिल्लो पटक मतदान गरेपछि बसाइसराइ हुनुभएको हो?

तपाईंले पहिला कहिल्यै पनि मतदान गर्नुभएको छैन भने, पहिलो चरण भनेको नाम दर्ता गर्ने हो। तपाईंले पछिल्लो पटक मतदान गरेपछि केही परिवर्तन भएमा, नयाँ ठेगाना, नाममा परिवर्तन भएमा वा तपाईं सम्बन्धित पार्टी परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो दर्ता अपडेट गर्नुपर्छ। तपाईं विशेषगरी पत्राचारको माध्यमद्वारा मतदान गर्ने योजनामा हुनुहुन्छ भने सही मतपत्र प्राप्त गर्नका लागि तपाईंले आफ्नो हालको ठेगानामा दर्ता गर्न महत्त्वपूर्ण हुन्छ।

पत्राचारको माध्यमद्वारा मतदान गर्न वा अनुपस्थित मतपत्रका लागि महत्त्वपूर्ण मितिहरू

तपाईं प्रत्यक्ष वा कागजी रूपमा दर्ता गर्न चाहनुहुन्छ भने मद्दतका लागि 1-877-VOTESPA मा कल गर्नुहोस्।


तपाईंसँग अधिकारहरू छन्!

तपाईं निम्न भएमा दर्ता गरेर मतदान गर्न सक्नुहुन्छ:

  • संयुक्त राज्य अमेरिकाको नागरिक

  • चुनाव हुने दिनमा 18 वर्ष वा सोभन्दा बढी उमेर पुगेको

  • पेन्सिलभानियाको बासिन्दा

☎ सबै योग्य मानिसहरूसँग मतदान गर्न पाउने अधिकार छ। तपाईं निर्वाचनका बारेमा नवीनतम जानकारी प्राप्त गर्न, कुनै पनि मतदानसम्बन्धी मामिलामा मद्दत प्राप्त गर्न वा चुनाव हुने दिनमा समस्याको रिपोर्ट गर्न निम्नमध्ये कुनै पनि निर्दलीय मतदाता हटलाइनहरूमा कल गर्न सक्नुहुन्छ:

  • अङ्ग्रेजी: 866-OUR-VOTE (866-687-8683)

कानुनअन्तर्गत नागरिक अधिकारका लागि वकील समिति

  • स्पेनिश (Español) र अङ्ग्रेजी: 888-VE-Y-VOTA (888-839-8682)

NALEO शैक्षिक कोष

  • (عربى अरबी र अङ्ग्रेजी: 844-YALLA-US (844-925-5287)

अरब अमेरिकी संस्थान (AAI)

  • मन्डारिन, क्यान्टोनिज, कोरियाली, भियतनामी, तागालोग, उर्दू, हिन्दी, बङ्गाली र अङ्ग्रेजी - 888-API-VOTE (888-274-8683)

APIAVote तथा एसियाली अमेरिकी प्रगामी न्याय (AAJC)

  • अमेरिकी साङ्केतिक भाषा भिडियो कल: 301-818-VOTE (8683)

श्रवणहीनका लागि राष्ट्रिय संघ (NAD)

📞 तपाईं आफ्नो सहर वा काउन्टीको निर्वाचन कार्यालय कसरी फेला पार्ने भन्ने सहितका मद्दतका लागि राज्यको निर्वाचन ब्यूरोलाई कल गर्न पनि सक्नुहुन्छ: 1-877-VOTESPA


आफ्ना अधिकारहरू थाहा पाउनुहोस्

मतदान गर्नका लागि दर्ता गर्ने

मैले हालै मतदान गर्नका लागि दर्ता गरेँ। म वास्तवमै दर्ता भएको छु भनेर कसरी सुनिश्चित गर्ने?

काउन्टी निर्वाचन कार्यालयलाई तपाईंको दर्ता फाराम समीक्षा गर्न र तपाईंलाई सूचीमा थप्न केही दिन लाग्छ।

  • तपाईं आफ्नो काउन्टीको निर्वाचन बोर्डमा कल गरेर वा www.pavoterservices.pa.gov/Pages/voterregistrationstatus.aspx मा अनलाइनमार्फत आफ्नो दर्ताको स्थिति जाँच गर्न सक्नुहुन्छ

  • तपाईंले आफ्नो दर्ता अस्वीकृत भएको सूचना पाएमा वा कुनै प्रश्न भएमा सहायताका लागि 866-OUR-VOTE मा कल गर्नुहोस्।

म दर्ता भएको मतदाता हुँ तर मैले हालै बसाइसराइ भएको छु। के म अझै पनि मतदानका लागि दर्ता भएको छु?

  • हो। तर, तपाईं आफ्नो नयाँ घरको नजिकै मतदान गर्न चाहनुहुन्छ वा पत्राचारको माध्यमद्वारा मतदान गर्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो नयाँ ठेगाना प्रयोग गरी आफ्नो दर्ता अपडेट गर्न आवश्यक हुने छ। तपाईं आफ्नो ठेगाना राज्य को PA विभागमा अनलाइन परिवर्तन गर्न सक्नुहुन्छ। तपाईं प्रत्यक्ष वा कागजी रूपमा दर्ता गर्न चाहनुहुन्छ भने मद्दतका लागि 1-877-VOTESPA मा कल गर्नुहोस्।

  • तपाईं आफ्नो पुरानो मतदान स्थानमा गएर पनि मतदान गर्न सक्नुहुन्छ। तपाईं निर्वाचन हुनुभन्दा 30 दिन आगाडि बसाइसराइ हुनुभएको हो भने, तपाईंले आफ्नो पुरानो मतदान ठेगानामा गएर मतदान गर्नुपर्छ। तपाईं राज्यभन्दा बाहिरबाट बसाइसराइ भएको खण्डमा, तपाईंले पेन्सिलभानियामा मतदान गर्नका लागि दर्ता गर्न आवश्यक पर्छ।

मेरो कुनै आपराधिक रेकर्ड भएमा मैले दर्ता गर्न र मतदान गर्न पाउँछु?

  • हो, तपाईं हाल अपराधका कारण कैदमा नपर्दासम्म तपाईंले मतदान गर्न पाउनुहुन्छ। तपाईं परीक्षण वा परीक्षाकालमा हुनुहुन्छ, घरमै नजरबन्दमा हुनुहुन्छ वा अपराधको सजाय भोगिरहनुभएको छ भने तपाईंले मतदान गर्न पाउनुहुन्छ।

मेरो जन्म प्युर्टो रिकोमा भएको हो। के मैले पेन्सिलभानियामा मतदान गर्न पाउँछु?

  • तपाईंको जन्म प्युर्टो रिकोमा भएको हो भने, तपाईं स्वतः अमेरिकी नागरिक हुनुहुन्छ र पेन्सिलभानिया (वा तपाईं बस्ने राज्य) मा मतदान गर्नका लागि दर्ता गर्न सक्षम हुनुहुन्छ।

तपाईं अमेरिकी नागरिक नभएपनि मतदान गर्नु वा मतदान गर्नका लागि दर्ता गर्नु एक अपराध हो र यसले तपाईंलाई नागरिक हुनबाट रोक्न सक्छ।


📨 पत्राचारको माध्यमद्वारा मतदान गर्ने

मैले पत्राचार मतपत्रका लागि कसरी अनुरोध गर्ने?

तपाईं निम्न 3 विधि अपनाई मतपत्र अनुरोध गर्न सक्नुहुन्छ:

  1. www.vote.PA.gov मा पत्राचार वा अनुपस्थित मतपत्रका लागि आवेदन पेश गर्नुहोस्।

  2. www.vote.PA.gov बाट कागजी आवेदन डाउनलोड गरेर पूरा गर्नुहोस्।

  3. आफ्नो काउन्टीको निर्वाचन कार्यालयमा गई आवेदन दिनुहोस्।

मेरो पत्राचार मतपत्रको अनुरोध अस्वीकृत भएमा मैले के गर्ने?

  • तपाईंले आफ्नो अनुरोध अस्वीकृत भएको सूचना पाउनुभयो भने वकीलबाट निःशुल्क सहायता प्राप्त गर्न 866-OUR-VOTE मा कल गर्नुहोस्। 

मैले मेरो मतपत्र कहिले पाउने छु?

  • कानुनअनुसार, काउन्टीले निर्वाचन हुनुभन्दा दुई हप्ता अगाडि तपाईंलाई पत्राचारको माध्यमद्वारा मतपत्र पठाउनुपर्छ। यो नआएमा वा हराएमा वा तपाईंले मतपत्रमा चिन्ह लगाउँदा गल्ती भएमा, प्रतिस्थापनका लागि आफ्नो काउन्टी निर्वाचन कार्यालयमा कल गर्नुहोस्।

  • तपाईं www.vote.PA.gov/mailballotstatus मा आफ्नो मतपत्र जाँच गर्न वा ट्र्याक गर्न सक्नुहुन्छ

के अरू कसैले मेरो लागि मेरो पत्राचार मतपत्र छोडिदिन सक्छ?

  • तपाईं आफैँले आफ्नो मतपत्र फिर्ता गर्नुपर्छ। तपाईं अपाङ्ग हुनुहुन्छ भने, तपाईं www.vote.PA.gov मा अधिकृत निर्धारित एजेन्ट फाराम भरेर आफ्नो मतपत्र फिर्ता गर्नका लागि कसैलाई निर्दिष्ट गर्न सक्नुहुन्छ।

के मैले आवेदन दिएपछि पत्राचारको माध्यमद्वारा मतदान गर्ने बारे मेरो विचार परिवर्तन गर्न सक्छु?

  • हो। आफ्नो मतपत्र र फिर्ता गर्ने खाम निर्वाचन हुने दिनमा आफ्नो मतदान स्थानमा ल्याउनुहोस्। मतदान स्थानका कार्यकर्ताहरूले यसलाई रद्द गर्ने छन् र तपाईं मतदान गर्ने बुथमा प्रत्यक्ष रूपमा मतदान गर्न सक्नुहुन्छ। तपाईंसँग आफ्नो मतपत्र छैन भने, तपाईंले अस्थायी मतपत्रमा मतदान गर्नु पर्ने छ।

मैले पत्राचारको माध्यमद्वारा मतदान गरेमा मेरो मतदान वास्तवमै गणना हुने छ?

  • पत्राचारको माध्यमद्वारा गरिने मतदान सुरक्षित हुन्छ। त्यहाँ ठाउँ-ठाउँमा जाँचहरू हुन्छन् जसले तपाईंको मतदान गणना हुनबाट रोक्न सक्छ। तपाईंलाई यो पत्राचारबाट हराएको संदिग्ध भएमा वा तपाईंले यसलाई घरमै हराएमा, तपाईं आफ्नो काउन्टीको निर्वाचन कार्यालयमा कल गरी प्रतिस्थापनका लागि अनुरोध गर्न सक्नुहुन्छ। जोडिनका लागि आफ्नो काउन्टीको निर्वाचन कार्यालय गूगल गर्नुहोस् वा 1-877-VOTESPA मा कल गर्नुहोस्।

तपाईंको मतपत्र गणना हुनका लागि तपाईंले निम्न कुराहरू गर्नुपर्छ:

  • आफ्नो चिन्ह लगाइएको मतपत्र गोप्य खाममा राख्नुहोस्, जसमा “आधिकारिक निर्वाचन मतपत्र” लेखिएको हुन्छ। खामलाई शिलबन्दी गर्नुहोस् र त्यसपछि कुनै पनि चिन्ह नलगाउनुहोस्

  • सील गरिएको गोप्य खामलाई काउन्टीमा सम्बोधन गरिएको बाहिर फिर्ता गर्ने खाममा राख्नुहोस्

  • तपाईंले फिर्ता गर्ने खाममा आफ्नो नामको हस्ताक्षर गरेर हातले मिति लेख्नुपर्छ।

  • तपाईंले हस्ताक्षर गर्नुभएन र मिति लेख्नुभएन भने, तपाईंको मतपत्र गणना हुने छैन।


👋 प्रत्यक्ष रूपमा कसरी मतदान गर्ने

म मतदान गर्नका लागि कहाँ जाने?

  • तपाईं आफ्नो मतदान गर्ने स्थान www.vote.PA.gov मा, 866-OUR-VOTE मा कल गरेर वा आफ्नो काउन्टी निर्वाचन कार्यालयमा कल गरेर फेला पार्न सक्नुहुन्छ।

मैले प्रत्यक्ष मतदान गर्नका लागि फोटो आइडी ल्याउनुपर्छ?

  • पर्दैन। आफ्नो मतदान गर्ने स्थानमा पहिलो पटक मतदान गर्ने मतदाताहरूले मात्र आइडी देखाउनुपर्छ। तपाईंसँग कर्मचारी वा विद्यार्थी आइडीलगायत फोटो आइडीमध्ये कुनै एक भएमा सो प्रयोग गर्न सक्नुहुन्छ। तपाईं आफ्नो ठेगाना भएको उपयोगिता बिल वा बैंक स्टेटमेन्ट जस्ता फोटो समावेश नहुनेहरू आइडी पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले सो मतदान गर्ने स्थानमा पहिला मतदान गर्नुभएको छ भने तपाईंलाई आफ्नो आइडी देखाउन अनुरोध गरिदैँन।

उनीहरूले म मतदाताहरूको सूचीमा छैन भनेर बताएनन् भने के हुन्छ?

  • पहिला, निर्वाचन अधिकृतलाई फेरि सूची जाँच गरेर पूरक मतदान पुस्तक (मतदान स्थलमा हालै भएका परिवर्तनहरूको सूची) मा हेर्न अनुरोध गर्नुहोस्। तपाईंको नाम उच्चारण गर्न भन्नुहोस्। तपाईं सही मतदान स्थानमा हुनुहुन्छ तर तपाईंको नाम मतदाताको सूचीमा छैन भनी विश्वास गर्नुहुन्छ भने अस्थायी मतपत्रका लागि अनुरोध गर्नुहोस् उनीहरूले तपाईंलाई अर्को मतपत्र दिन आवश्यक हुन्छ। कृपया 866-OUR-VOTE मा आफ्नो अनुभव सुनाउनुहोस्।

अस्थायी मतपत्र भनेको के हो?

  • अस्थायी मतपत्र तपाईंको योग्यताका बारेमा प्रश्न उत्पन्न हुँदा वा तपाईंले पत्राचारको माध्यमद्वारा मतपत्रको अनुरोध गरेको बेलामा तपाईंको मतदानको रेकर्ड राख्न प्रयोग गरिन्छ। निर्वाचन कार्यालयले तपाईं मतदान गर्नका निम्ति योग्य हुनुहुन्छ भनी निर्धारण गरेमा यसलाई गणना गरिने छ। 

मेरो मतदान गर्ने अधिकार मतदान स्थानमा चुनौतीपूर्ण हुन सक्छ?

  • सक्छ, तर निश्चित कारण र निश्चित व्यक्तिका लागि चुनौतीपूर्ण हुन सक्छ। यदि निर्वाचन कार्यालय, मतदान स्थानको चौकीदार वा अन्य मतदातालाई सो मतदाता प्रदेशमा बस्दैनन् वा मतदाता आफ्नो पहिचान बताए अनुसारको व्यक्ति होइनन् भन्ने विचार गरेको अवस्थामा मात्र उनीहरूले चुनौती गर्न सक्छन्।


अस्वीकरण

यो पेन्सिलभानियामा मतदान गर्ने सम्बन्धी मार्गदर्शक कानुनी सुझाव होइन। तपाईंसँग आफ्नो योग्यता वा आफ्ना अधिकारहरूका बारेमा प्रश्नहरू छन् भने कृपया 866-OUR-VOTE मा कल गरी वकीलसँग परामर्श लिनुहोस्।

थप जानकारीका लागि www.vote.PA.gov मा जानुहोस्